News Portal

कांग्रेसले गर्‍यो सरकारविरुद्ध  देशभर प्रदर्शन (फाेटाे फिचर)

काठमाडौँ । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । सरकार ले कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।

सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रिएको हो ।

गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि कांग्रेस आन्दोलनमा खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग पार्टीको हुनुपर्ने मागलाई आन्दोलनको बिषय बनाएको छ। उसले अगाडि सारेका मागमा सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने , अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, , बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने लगायत छन् ।

कांग्रेसले अगाडि सारेका माग जनताको दैनिकीसँग जोडिएका छैनन्। कांग्रेसका एक नेता भन्छन सकिएको कांग्रेसलाई जनतामा उपस्थिति देखाउने प्रयास मात्र हो यो आन्दोलन । तर यो प्रयासमा कांग्रेस सफल हुने देखिदैन। टिबी लागेको रोगीले पाखुरा फुलाए जस्तो मात्र हुने आन्दोलन हो । यो आन्दोलनबाट कांग्रेसको वास्ताविक साईज थाहा हुने अपेक्षा गरिएको छ। अहिले यसै पनि बर्षा यामको मौसमको समय हो। खेतीपातीको समय हो। त्यसमाथि एजेण्डा बिनाको आन्दोलनले आन्दोलनको नै बेईज्जत गर्ने भएको छ । त्यसैले कांग्रेसले आज अल्छी लाग्दो आन्दोलन गर्ने भएको छ।

विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ। झापा, मोरङ, सुनसरी, रूपन्देही, कास्की चितवलगायतमा करिब ८ हजार बढी कार्यकर्ता सडकमा उतार्ने केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ।

फाेटाे फिचर:

 

Leave A Reply

Your email address will not be published.