News Portal

तामाङ पछि ढकाल भए कानुनमन्त्री

काठमाडौं । नेकपा नेतृत्वको सरकारका कानुनमन्त्री शेर बहादुर तामाङले आफुले दिएको अभिव्यक्तिको कारण राजिनामा दिएपछि रिक्त रहेको कानुनमन्त्रीमा सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य ढकाललाई शुक्रबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ढकालले आजै सपथ लिन सक्ने छन् ।

यसअघि बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.