News Portal

सायद मेरो लामो आयू छैन : इरफान खान

लण्डनमा न्यूरोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका छन् बलिउड अभिनेता इरफान खानले । खान जटिल प्रकारको क्यान्सरसँग जुझिरहेका छन् ।यसैक्रममा इरफानले एक अन्तरवार्ता मार्फत आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।

उनले भने- ‘किमाेकाे ६ वटा सेसन मध्ये अहिलेसम्म ४ राउन्ड किमो लिएँ । अझै दुई राउन्ड लिन बाँकी छ । डाक्टरहरुले खतरामुक्त रहेको बताएका छन् । छैठाैं सेसनकाे किमाे लगाइसकेपछि अनि थाहा हुन्छ, रिजलटले मलार्इ कहाँ पुर्याउाछ ।’सुरूमाअाफूलार्इ याे राेगबारे थाहा हुँदा बाँच्ने अाशा नै नरहेकाे पनि उनले सुनाए ।

इरफानले भने- ‘उपचार सुरू भएपछि डाक्टरहरूले मेराे उपचारमा कुनै कसर बाँकि राखेनन्, उनीहरू भन्छन् मराे स्वास्थ्यमा सुधार अाइरहेकाे छ र त्याे म अाफैले पनि फिल गरेकाे छु । तर, मलार्इ अझै पनि लाग्छ कि मेराे अायु लामाे छैन् ।’उनले अगाडि थपे- ‘जीवन निकै रहस्यमयी छ, यसले धेरै कुरा प्रदान गर्छ । हामी वास्तवमा नै केही कुराको प्रयास नै गर्दैनौं । म प्रयास गरिरहेको छु जुन मलाई प्रिय लागेको छ । म साँच्चै नै निकै भाग्यशाली अवस्थामा छु र कृतज्ञ छु ।’ एजेन्सीकाे सहयाेगमा

Leave A Reply

Your email address will not be published.