News Portal

‘रातको कुरा’बाहिरीए सँगै प्रियंकालाई गालीको बर्षा, प्रियंका आयुषमानको सम्वन्ध कस्तो ?

काठमाडौं । संगिता श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्म कथा काठमाडौंंको एउटा गीतले यति खेर बजार तताएको छ ।गायिका इन्दिरा जोशीको स्वर रहेको ‘रातको कुरा’ बोलको गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको अश्लिल भिडियो बाहिरीएसँगै चर्चामा रहेकी नायिका प्रियंकालाई सामाजिक संजालमा गालीहरुकोे बर्षा भएका छन् ।

उक्त भिडियोलाई यतिखेर युट्युवले पनि एजबार लगाएर बन्देज गरेपछि झनै यस गितको मेकिङलाई लिएर चर्को आलोचना शुरु भएको छ ।भिडियोको अन्तिम एक मिनेटभरी अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको अन्तरंग दृश्य छ ।

यसअघि नेपाली फिल्मका गीतको भिडियो यो शैलीमा तयार भएका थिएनन् ।भिडियो हेरीसकेपछि धेरै जसोले प्रियंकालाई खुल्लम खुल्ला पोर्न फिल्म खेलेको जस्ता कमेन्टहरु गरेका छन् त कतिले उनलाई चर्चामा आईसकेकी नायिकाले यतीसम्म गीरेर फिल्म खेल्न जरुरी नभएका जस्ता सुझावहरु दिएका छन् ।

सोे भिडियोले अहिले सिनेवृत्तमा बहस नै सृजना गरेको छ । रोचक कुरा त भिडियोको कमेन्ट बक्समा धेरैले अभिनेता आयुष्मान देशराज जोशीको रियाक्सन बुझ्न खोजेका छन् ।

लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानले गएको हप्ता औँठी साटासाट गरेका थिए । जसले गर्दा सार्वजनिक भिडियोमा प्रमोदसँगको इन्टिमेट सिनका कारण आयुष्मानको बारेमा चासो र चिन्ता हुनु स्वभाविकै हो । तर हालै प्रियंका र आयुषमानले शेयर गरेको फोटोहरुले उक्त भिडियोपछि पनि यी दुईको सम्वन्ध सुमधुर नै रहेको बुझिएको छ ।

हालै मात्र आयुस्मान र प्रियंकाले आफ्ना फोटो तथा कोकाकोलाले यी दुईको बारेमा तयार पारेको एक कार्टुन शेयर गरेका छन् ।यसबाट यो अनुमान लगाउन सकिन्छ कि यी दुई बिचको सम्वन्ध निकै बलियो छ ।भिडियोलाई लिएर यी दुई जोडि मौन रहेका छन् ।

Leave A Reply

Your email address will not be published.