News Portal

किन महिलाहरुले चरम उत्कर्ष  प्राप्त गर्न सक्दैनन् : करुणा कुँवरको सुझाव

नमस्ते करुणा दिदी, तपाईले लामो समयदेखि धेरै किसिमका यौन तथा मानसिक एवं यौन समस्या समाधान गर्दै आउनु भएको छ । यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । यसले मजस्ता धेरै व्यक्तिका अप्ठ्याराहरु सहजै पार भएको छ । मेरो पनि यस्तै समस्या छन् । त्यसको पनि निराकरण गरिदिनु हुनेछ भन्ने अपेक्षा छ । मेरो जस्तो समस्या यो अनलाइन पढ्ने महिलाहरुको पनि हुनसक्छ । उहाँहरुले तपाईंलाई सोध्न चाहेर पनि नसक्नु भएको हुन सक्छ । म र म जस्तै महिलालाई ध्यानमा राखेर उत्तर दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।

म २७ वषिर्या विवाहित महिला हु । मेरो विवाह भएको ३ वर्ष भयो । श्रीमानको र मेरो सल्लाह अनुसार हाम्रो अहिलेसम्म सन्तान बनाएका छैनौं । यौन सम्र्पकको कुरा गर्दा धेरै जसो समयमा म आफूले सन्तुष्टिको अनुभुती नगरेको महसूस हुन्छ र श्रीमान्ले पनि सन्तुष्टिको महसूस गर्नु हुन्न । मेरो यस्तै अवस्था भयो भने भविष्यमा के होला, कतै श्रीमानले पछि गएर मननपराउने पो हो कि भन्ने पिर लाग्छ । कहिले काही मैले कतै श्रीमान्लाई असन्तुष्ट बनाई राखेको त छैन भन्ने पनि लाग्छ । तपाईकै लेखहरुमा पढे अनुसार यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ । यसमा उहाँको खासै रुचि छैन । सन्तुष्टि नहुंदा हामी दुवैजनालाई यौन सम्र्पक पछि दुखाईको अनुभव हुन्छ र निकै दिनसम्म फेरी यौन सम्बन्ध हुदैन । यो कस्तो समस्या हो ? स्तो समस्याको कुनै हल छ ?
तपाइको जस्तै समस्या लिएर थुप्रै महिलाहरु मसँग आउने गर्नु भएकाले यस्ता समस्या धेरै महिलाहरुले भोगिरहनु भएको छ भन्ने कुरा म महसुस गर्न सक्छु । कतिपय महिलहरुले यसलाई खासै समस्या मान्नु हुन्न । कतिपय महिलाहरु यो समस्याका बारेमा जान्न चाहनु हुन्छ तर कसरी मसम्म पुग्ने भन्ने जानकारी राख्नुुहुन्न । यी सबै कुरालाई ध्यानमा राखेर म उत्तर दिने प्रयास गर्दछु ।

सामान्यतया बुझ्नुपर्ने कुरा के छ भने संसारमा समाधान नहुने कुनै पनि समस्या छैन । त्यसका लागि मेरो समस्या के हो र यो समस्या समाधान गर्ने विज्ञसम्म कसरी पुग्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो । नेपालमा शारीरिक समस्या भएपछि मात्र त्ससलाई समस्या मान्ने चलन छ । खासमा शारीकि समस्या जति ठूलो कुरा हो, मानसिक समस्या अझ ठूलो कुरा हो । विकसित देशमा मानसिक समस्यालाई पनि ठूलो मानेर समय समयमा मनोविज्ञसँग भेट्ने गरिन्छ र कसरी अघि बढ्ने सुझाव लिन गरिन्छ । नेपालमा भने यो भर्खरै सुरु भएकाले यसमा प्राक्टिस थोरै भएको छ । तै पनि यस विषयमा जसरी मैल उत्साहजनक चासो पाएको छु, यसबाट पनि विकसित मुलुकमा जस्तै नेपालमा पनि मानसिक समस्या समाधान गर्ने कुरामा सबै किसिमका मानिसहरुको संलग्नता पाएको छु ।

र, यो कुरा बताइहालौं, यौन समस्या धेरैजसो मानसिक समस्या हुन् । यो शरीरसँग भन्दा पनि मनसँग बढि नजिक छ । मानसिक समस्या भन्नाले हामीले परम्परागत रुपमा जुन कुरा बुझेका छौं, त्यो बिल्कुलै होइन ।

तपाईंको यौनसमस्या पनि वाहिरबाट हेर्दा शारीरिक पीडा भएका कारण शरीरसँग सम्बन्धित छ कि भन्ने लाग्छ सक्छ । तर यो पनि मनसँग सम्बन्धित कुरा हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । खासमा यौनमा चरमोत्कर्षमा पुग्न नसक्नु यहि मानसिक समस्याका कारण हो । मानसिक चिन्ता र अप्ठ्यारासँग जुद्धने क्रममा कतिपय महिलाहरु चरम सन्तुष्टिमा पुग्न सक्दैनन् । मैले केही यस्ता महिला पनि भेटेकी छु, जसले आफ्नो यौवनकालभरी नै चरम सन्तुष्टिको अवस्था प्राप्त गर्न नसकेको गुनासो गरेका छन ।

नेपालमा मात्र यो समस्या होइन, विकसित देशका शिक्षित महिलाहरुले पनि चरम सन्तुष्टी प्राप्त गर्न नसकेकेका अध्ययनहरुले देखाएका छन् ।

केही समयअघि भएको एउटा अनुसन्धानका अनुसार ४२ प्रतिशत महिलामा कहिलेकाही चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकाल भरी एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् ।

विदेशमा पनि जसले जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाही मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन भने उनीहरुले मनोविद् वा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । किनकि यसो हुनुका पछाडि मनोबैज्ञानिक पक्षहरु लुकेका हुन्छन । तिनको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्ने हुन्छ ।

अव यो समस्या के हो भन्ने छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मीया भनिन्छ । एनोरगाज्मीयाको बारे थाहा पाउनु पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण हुन सक्दछन । जैविक कारणमा जिर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रासायनिक वा औषधिको लामो समय सम्मको प्रयोगले पनि एनोरगाज्मीया हुन सक्दछ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डर जस्ता पक्षहरुको भूमिका हुन्छ । यदि यौन हिसा भएको ईतिहास छ भने पनि एनोरगाज्मीया हन सक्दछ । सामाजिक कारणमा पार्टनर सँग कम कुराकानी हुने वा हुदै नहुने , एकअर्कावीच झगडा भैरहने वा साँस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन ईच्क्षालाई प्रकट गर्न नहुने मान्यता लिएको छ । त्यस्तोमा पनि महिलामा एनोरगाज्मीया हुने पाईएको छ । चरम सन्तुष्टिमा नपुग्न सक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण भएको पाईएको छ । हरेक महिलामा एनोरगाज्मीया एउटै कारणले हुदैन । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण हो त्यस अनुसारको उपचार गरिनुपर्दछ ।

यस अन्र्तगत प्रचलित उपचार अन्र्तगत दम्पत्तिमा गरिने परामर्श र चिकित्सकीय उपचार हो । यस अन्र्तगत अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो बिधि अन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिईन्छ । यस अन्र्तगत हस्थमैथुन पनि पर्दछ । हस्थमैथुन बिधि अपनाउने क्रममा यौन आनन्दको महसूस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई यदि कुनै बिधि ठीक लागेमा आफ्नो पार्टनर सँग भन्ने र त्यही बिधि अनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भन्ने गरिन्छ । यदि एक अर्का सँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एकअर्कालाई सम्मान देखाउने जस्तो कुराको कमी हो भने पनि त्यस बारेमा खुलेर कुरा गर्नु पर्ने हुन्छ र यसको पनि कारणको खोजी गर्नु पर्ने हुन्छ । विभिन्न किसिमको औषधि उपचार भएता पनि धेरै जसो महिलाहरुलाई औषधीको सेवनले प्रभाव नपारेको कुरा बताउनु हुन्छ । किनकि कुनै पनि औषधि जादु भने होईन । विशेष गरेर यदि मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन । समय र पैसाको नोक्सान मात्र भइरहन्छ ।

सीजी, तपाई र तपाईको श्रीमान्वीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईहरु आफैले पनि यौन सन्तुष्टिका लागि प्रयास गर्दै हुनुहन्छ । तर तपाईको प्रयासले अझै काम गरिरहेको छैन भने तपाईको सम्बन्धलाई विगार्नबाट बचाउनका लागि तपाईहरु दुवैले खुलेर एकअर्का सँग कुरा गर्ने र दम्पत्ति परामर्श लिन आवश्यक छ । लामो समय सम्म समस्यालाई राखी राख्दा ग्लानी, हिनताबोध, र दुई दम्पत्तिबीचको बुर्झइमा कमी आउन थाल्दछ । तपाईहरु मध्ये एकजनाको कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो की दुवैजनाको समस्याले हो त्यसलाई पत्ता लगउन पनि विशेषज्ञको सल्लाह लिन आवश्यक हुन्छ ।

Leave A Reply

Your email address will not be published.