News Portal

एलिना र जय किशनको टु साईड लभ पर्यो, धूम ३ को गीतमा देखियो यस्तो (भिडियो सहित)

काठमाडौं । नेपाली सिनेमा उद्योगमा निरन्तर लागि रहेका नायक जय किशन बस्नेतद्वारा निर्मित पछिल्लो चलचित्र “धूम ३” को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । उक्त चलचित्रमा समाबेश “तिम्रो हेराई यो ज्यानलाई सारै एक्साईटेड बनायो: बोलको गीत भर्खरै सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्मित चलचित्र “धूम ३” मा नायक बस्नेतको साथमा एलिना रायमाझीको प्रमुख भूमिका रहेको छ । साईराम पिक्चर्सको युट्यु्ब मार्फत सार्वजनिक गरिएको गीतमा दिनेश सुबेदीको शब्द, टंक बुढाथोकीको संगीत रहेको छ भने कामना प्रसाईंले बुढाथोकीलाई स्वरमा साथ दिएकी छिन् । भिडियोको कोरियोग्राफी शिब बिंक.ले गरेका छन् । यस चलचित्रको लेखन, निर्माण तथा निर्देशन समेत नायक बस्नेत स्वयमको रहेको छ । यही असोज ५ गते देखि अल नेपाल रिलि हुन लागेको चलचित्र “धूम ३” प्रति आफु अत्यन्त उत्साहित रहेको नायक बस्नेतले बताएका छन् ।

 

हेर्नुहोस् धूम ३ को भिडियो :

Leave A Reply

Your email address will not be published.