News Portal

सर्वोच्चबाट बिदा लिदै जोशी, मिश्रले पेशी तोक्ने

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलि आइतबारबाट विदा बस्ने भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले शुक्रबार जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । जोशीले भने राजीनामा नदिने अडान लिएका छन् ।

तर, भोलिबाट विदा बस्ने तयारीमा छन् । उनले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर यसको जानकारी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।

जोशी तत्कालका लागि विदामा बस्न लागेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । अब ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्नेछन् ।

Leave A Reply

Your email address will not be published.