News Portal

धूम ३ यो गीतले २४ घण्टा नबित्दै लाख भन्दा बढी पायो प्राकृतिक दर्शक (भिडियो सहित)

काठमाडौं । हाल डिजिटल बजारले जसरी ठाउँ ओगटी रहेको छ त्यो भन्दा बढी विकृति पनि ल्याई रहेको छ । सर्जकहरुलाई आफ्ना श्रृजना चाँडो पस्किने माध्यम बनेको युट्युवमा बुस्ट गरेर अप्राकृतिक दर्शक बढाउँने होड चलेको बेला नायक जय किशन बस्नेतले निर्माण गरेको चलचित्र धूम३ मा समाबेश गरिएको एक गीतले सार्वजनिक गरिएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शक पाएको छ । दिनेश सुबेदीको स्वरमा टंक बुढाथोकी र कामना प्रसाईंले गाएको तिम्रो हेराईले यो मनलाई बोलको गीतको भिडियोले यो संख्यामा प्राकृतिक दर्शक पाएको हो ।

प्राय जसो चलचित्रकर्मीहरुले आफ्नो चलचित्रमा समावेश गीतको भिडियो, पोष्टर वा ट्रेलर सार्वजनिक गर्ने समयमा ठुलै तामझामका साथ प्रचार प्रसार गर्ने गर्दछन् तर निर्माता र निर्देशक समेत रहेका नायक बस्नेतले कुनै प्रचार प्रसार गरेनन् । उक्त भिडियोमा नव नायिका एलिना रायमाझीको साथमा जय किशन बस्नेत आफैं नाचेका छन् । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यो चलचित्र यही अशोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

गीतको भिडियो हेनुहोस् :

Leave A Reply

Your email address will not be published.