News Portal

“चतुरे-डन ” अव धरावाहिककाे रूपमा, अाउने भयाे प्रत्येक हप्ता (भिडियाे सहित)

 

नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक एक मिडियाको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् ।उक्त मिडियाले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक फेल (सोमबार) तथा पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार) उत्पादन गरेर प्रशारण गर्दै आएको थियो ।

तर यूटुव च्यानल बाट भने कार्यक्रम उत्पादन प्रसारमा कुनै कमी अाएकाे छैन अझ भनु हास्य बिधाका कार्यक्रमहरूले प्राथमिकता पाएका छन,यही नेपाली हास्य ब्यंय क्षेत्रमा एउटा नयां खुराक थपिएकाे छ जसकाे नाम हाे “चतुरे डन” ।याे “चतुरे डन” हास्य श्रृखलाकाे रूपमा टि.भी.अार्ट नेपाल यूटुव च्यानल मार्फत प्रसारण हुनेछ ।

“चतुरे डन” नेपाली समाजकाे माैलिक परिवेसमा समाजमा रहेका पात्र हरूकाे मनाेबिज्ञानमा अाधारित रेहेर तयार पारिएकाे हास्य श्रृंखला हाे ।मानिसहरू समाजमा कसरी अाफु सबै भन्दा उत्क्रिष्ठ र सही रहेकाे अभिनय गर्छन भन्ने कुरालाइ हास्य शैलिमा प्रस्तुत गरिएकाे छ ।

“चतुरे डन”मा मनाेज खत्री श्रृश भूमिकामा देखीएका छन भने अन्य कलाकारहरूमा सुवास शंकर, रबिना प्रर्साइ,सुवास अधिकारी,दुर्गा थापा,पुनम प्रर्साइ,अबिरल ढुंगानासाेस्तिमा बुढाथाेकी,मनिस खत्री,लाेकगीते काइला सुकपाल र केशव कार्की लगायत रहेका छन ।मनाेज खत्रीकाे लेखनमा ,छायांकन, सम्पादन तथा निर्देशन सर्बज्ञान फिल्मस्काे रहेकाे छ। हेर्नुहाे याे “चतुरे डन” काे भाग तीनकाे भिडियाे । भिडियोको लागि तल हेर्नुस:

Leave A Reply

Your email address will not be published.