News Portal

सोमबारबाट पुन: बर्षा हिमपात दोहोरिने

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण सोमबारबाट पुन: बर्षा हिमपात दोहोरिने भएको छ । आइतबार (आज) भने मुलुकको केही स्थानमा मात्र आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ समग्रमा आईतबारको मौसम सामान्य नै रहेपनि सोमबारबाट भने मुलुकभरी मौसम बदली भई बर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार बिहानबाट पश्चिमा वायुको प्रभाव नेपालमा प्रवेश गर्ने भएकाले बिहानबाटै झरीको योग छ । देशका पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।मङ्गलबार पनि देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।न्युज २४ बाट साभार

Leave A Reply

Your email address will not be published.