News Portal

अनमोलको जोडी बन्न मलाई समस्या छैन: साम्राज्ञी

काठमाडौँ। अभिनेता भुवन केसीले केही वर्ष अगाडि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे। यो चलचित्रमा उनले अभिनेताको रुपमा आफ्नै छोरा अनमोल केसीलाई अघि सारे। यो चलचित्रबाट अनमोल सफल अभिनेताको रुपम स्थापित हुन सफल भए।

उक्त चलचित्र अभिनेत्री साम्राज्ञी आरएल शाहले नायिकाको रुपमा चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। दर्शकले अनमोल र साम्राज्ञीलाई जोडीको रुपमा फेरि देख्न चाहना राखेका थिए। तर यो चाहना पूरा हुन सकेको छैन।

केही समय अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा पत्रकारले अनमोल केसीलाई जोडेर गेरको प्रश्नमा उनले आफूलाई स्टार कलाकारको खाँचो नभएको बताएकी थिइन्। तर  शुक्रवार ‘मारुनी’ को शुभ मुहूर्तमा त्यहीँ प्रश्नमा साम्राज्ञीले स्क्रिप्ट मन परे आफूलाई अनमोलसँग काम गर्न समस्या नभएको बताइन्। पूरा जानकारी यो भिडियो रिपोर्टमा।

 

Leave A Reply

Your email address will not be published.