News Portal

‘कार्टुन्ज क्रु’को यु एन्ड आई को तेस्रो एपिसोड , दुई दिनमानै ट्रेन्डिङमा

काठमाडौँ । नेपालको निकै नै चर्चित डान्स ग्रुप हो कार्टुन्ज क्रु । यसले धेरै चर्चित गीतहरूमा कभर डान्स साथै मयुजिक भिडियोहरु गरिसकेको छन् । सबैले कार्टुन्ज क्रु लाई निकै रुचाउँछन् त्यसैले त उनीहरूको हरेक भिडियो युट्युबको ट्रेन्डिङमा समेत आउने गरेको छ ।

कार्टुन्ज क्रु ले डान्स मात्र गर्ने नभएर विभिन्न वेब सिरिजहरू पनि गर्ने गरेको छ । कार्टुन्ज क्रु ले सबभन्दा पहिले गरेको वेब सिरिज हाम्रो हाई स्कुल हो । जुन वेब सिरिज एकदमै चर्चित पनि भयो । हाम्रो हाई स्कुल सफल भएपछि फेरि कार्टुन्ज क्रु ले २१ फस्ट लब नामक वेब सिरिज ल्याए र त्यो वेब सिरिज पनि निकै सफल भयो ।

त्यस्तै यो ग्रुपले अब नयाँ वेब सिरिज लिएर आफ्ना फ्यानहरुमाझ आएका छन् । यु एन्ड आई नामक एक नयाँ वेब सिरिज लिएर आएका छन् कार्टुन्ज क्रु । कार्टुन्ज क्रु को प्रोडक्सनमा बनेको यस वेब सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र सनि सिंहको मुख्य भुमिका रहेको छ ।

हाल यो सिरिजको सफलतापूर्वक एपिसोड ३ सम्म आएको छ । अरु झै कार्टुन्जु क्रुको यो सिरिज पनि दर्शकहरुले मनपराएको बुझ्न सकिन्छ किनकी युट्युबमा सार्वजनिक गरेको केही दिनमा नै युट्युबको ट्रेन्डङमा आउने गरेको छ । यो ३ एपिसोड पनि युट्युबमा हालेको दुई दिनपछि नै ट्रेन्डिङ १२ मा आइसकेको छ ।

सरिन पोखरेलको निर्देशन, तथा कथा रहेको यस वेब सिरिजमा सम्पादन भने शक्ति प्रज्वल गिरीले गरेका छन् । सिनेमाटोग्राफी भने सङ्कल्प भुजेलले गरेका छन् । सङ्गीत भने कोवित बज्रको रहेको छ ।  हेर्नुस् यु एन्ड आई को तेस्रो एपिसोड :

 

Leave A Reply

Your email address will not be published.