News Portal

महोत्तरीमा लुटेरा र प्रहरीबीच दोहोरो गोली हानाहान, ३ जना पक्राउ

काठमाडौँ । महोत्तरीमा प्रहरी र लुटेराबीच दोहोरो गोली हानाहान भएको छ ।लुटपाट गर्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार गर्ने तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीन जना मध्ये २ जना भारतीय नागरिक रहेका छन् ।गत पुस २२ गते मनरा नगरपालिका (२ भोलिहिमा रामसेवक यादवको घरको गोदाममा लुटपाटमा संलग्नहरु भएको आरोपमा प्रहरीले खोजि कार्य गरिरहेका उनीहरुसँग जम्काभेट भएपछि उल्टै प्रहरीमाथि गोलि प्रहार भएको र प्रहरीले जवाफी फायरिङ् गरेको हो।

प्रहरीका अनुसार जसमा सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास ९बी० टोल बस्ने ३२ वर्षका शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का २३ वर्षका उपेन्द्र यादव रहेका छन् । पक्राउ परेकाहरुको साथबाट चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको र फरार रहेका अन्य लुटेराहरुको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.