News Portal

श्रीमती माइत गएको बेलामा नसाको सुरमा पूर्व प्रहरीले आफ्नै ९ वर्षीया छोरीको बलात्कार गरे

ललितपुर । ललितपुरको गोदावरीवाट एक जना नेपाल प्रहरीका पुर्व हवल्दार आफनै नौ वर्षकी छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका–४ बडीखेल निवासी पूर्व हवल्दारले शुक्रबार राति आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनकै भतिजको जाहेरीका आधारमा पक्राउ गरेको हो ।

रक्सीले मातेका उनले आफ्नै छोरी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।

श्रीमती पोखरामा रहेको आफ्नो माइतीघर गएको बेलामा उनले छोरीलाई एक्लै घरमा भएको मौका पारेका थिए । बालिकाले पेट दुखेको भनेर उपचारका लागि लगिएपछि यौनाङ्गगमा चोट लागेर रगत बगेको देखिए घटना बाहिर आएको हो । उनले आफुलाई बुवाले नै यस्तो अवस्था बनाएको बताएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.