News Portal

न्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘नेपालको क्षमता उजागर गर्ने’ शीर्षकको कान्तिपुर कन्क्लेभ

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘नेपालको क्षमता उजागर गर्ने’ शीर्षकको कान्तिपुर कन्क्लेभमा मुलुकका समसामयिक विषयमा विचार–विमर्श गरिएको छ । काठमाडौँमा आज सम्पन्न दुईदिने उक्त कार्यक्रममा मुलुकका समकालीन मुद्दाहरुबारे सोही क्षेत्रका विज्ञहरुले सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो ।

कन्क्लेभको दोस्रो दिन आज ‘नेपाल फर्केर के पाइन्छ ?’, ‘पुरुषको दाँजोमा महिला कहिले ?’, ‘विश्व समुदायमा नेपालको उपस्थिति’, ‘विदेशमा सिकौँ नेपालमा अभ्यास गरौँ’, ‘सूचना प्रविधिमा नेपाल’, ‘पौरखी प्रवासी र मूलदेश’, ‘पैसा कहाँ छ ?’, ‘पर्यटन–उत्पादनदेखि अनुभवसम्म’, ‘२०३० तर्फ’, ‘मुख्यमन्त्रीहरुसँग मुखामुख’ लगायत विषयमा छलफल भएको थियो । कन्क्लेभमा मुलुक र मुलुकवासीले सामना गरिरहेका कठिन चुनौतीहरुलाई कसरी सिर्जनात्मक उपयोग गर्न सकिन्छ भन्नेबारे विज्ञहरुले विमर्श गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । सो अवसरमा संस्थाका तर्फबाट राष्ट्रपतिले कलाकार सीताराम कट्टेल, (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र सुनील पोखरेल तथा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलगायतलाई कान्तिपुर आइकन अवार्डबाट सम्मान गर्नुभएको थियो । कन्क्लेभको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।रासस

Leave A Reply

Your email address will not be published.