News Portal

लाईफ इन्स्योरेन्स दमक शाखाकी रुपा सेलिङ पुरस्कृत

फागुन ०७ दमक। झापाको दकममा शाखा कार्यालय रहेको आइ.एम.ई.लाईफ इन्स्योरेन्स कंम्पनीका एजेन्सी मेनेजर रुपा सेलिङ पुरस्कृत भएकी छन् ।

सो कम्पनीको प्रथम बिमा शुल्क नेपाल अधिराज्यबाटै पहिलो स्थान ओगट्न सफल सेलिङ सोमबार पुरस्कृत भएकी हुन् ।

दमकस्थित कम्पनीको कार्यालयमा एक आयोजित कार्यक्रममा सेलिङलाई सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । कम्पनीको १ नम्बर प्रदेश प्रमुख कर्णराज पौडेल र दमकस्थित कार्यालयकी प्रमुख पवित्रा भुलेलले सेलिङलाई सम्मानपत्र प्रदान गरेकी थिइन ।

सो अवसरमा कम्पनीका दमक प्रमुख पवित्रा भुजेलले पुरस्कृत व्याक्तित्व सेलिङको कडा मिहेनत र परिश्रमको कारण देशभरबाट पहिलो स्थान लिन सफल भएको बताईन् । त्यस्तैं, पुरस्कृत सेलिङले कामप्रति जिम्मेवार र आफ्नो आत्माविश्वाशको कारण कम्पनीमा रहेर काम गरेको छोटो समयमा पुरस्कृत हुन पाएकोमा गौरब व्यक्त गरिन ।

श्रीमान र एक छोरीसहित दमकमा बसोबार गर्ने सेलिङ कम्पनीमा एजेन्सी मेनेजरको रुपमा कार्यरत छिन् । व्यवसायसंगै उनी सामाजिक क्षेत्रमा समेत स्थापित पात्र हुन् । दर्जनौ संघसंस्थामा रहेर अनुभव बटुलिसकेकी सेलिङ दमकमा स्थापना भएको सुन्दर समाज नेपालकी अध्यक्ष हुन् ।

Leave A Reply

Your email address will not be published.