News Portal

तिब्र गतिमा आएको कारको ठक्करबाट जीतबहादुरको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् ।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.