News Portal

भारतको बैंगलोरमा दुई लडाकु हवाइजहाज आकाशमै ठोक्किएर दुर्घटना(विवरण आउँन बाँकी)

बैंगलोर। भारतको बैंगलोरमा दुई लडाकु हवाइजहाज आकाशमै ठोक्किएर दुर्घटना भएका छन् । मंगलबार दिउँसो भइरहेको एयर शोको अभ्यासका क्रममा वायुसेनाका २ सूर्यकिरण विमान एक आपसमा ठोक्किएका हुन् । दुर्घटना येलाहंका एयरबेसमा भएको बताइएको छ । 

दुर्घटना भएका दुवै विमानका पाइलटको ज्यान भने बाँचेको छ । यी विमान सूर्यकिरण एरोबेटिक्सका थिए । सूर्यकिरण विमानको २०११ मा प्रयोग बन्द गरिएको थियो । पछि २०१५ मा पुनः सूर्यकिरणलाई वायुसेनामा सामेल गरिएको थियो । यो अभ्यास भोलिदेखि सुरु हुने एयर शोको लागि गरिएको थियो । हेर्नुहोस् दुर्घटनाको भिडियो – 

Leave A Reply

Your email address will not be published.