News Portal

मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बा८९प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा कमलपोखरीबाट चितवनका सुजन थारूलाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका थारूसँग प्रहरीले ११८ वटा यार्सागुम्बा, ४३ हजार ५५० नेपाली रुपैँया, २० अमेरिकन डलर बरामद गरेको छ ।

जुवातास खेल्ने दुई पक्राउ -महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवातास खेल्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका–८ मा जुवातास खेलिरहेको अवस्थामा साँखुका गोम लामा र जोरपाटीका वसन्त पुडासैनीलाई पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तीन बुक तास र रु १५ हजार नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.