News Portal

मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली चेलीको मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपाली चेलीको मृत्यु भएको छ ।उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो । मृत्यु हुनेमा मलेसियाको बातुपाहतमा रहेको जिममिल इन्ड्रष्ट्रियल कम्पनीमा कार्यरत मोरङ, बिराटनगर स्थायी घर भएकी अन्जु कुमारी रिशिदेव रहेकी छिन् ।

मलेसियाको बातुपाहतमा रहेको जिममिल इन्ड्रष्ट्रियल कम्पनीमा कार्यरत उनको गत फागुन ३ गते राति १० बजे सडक दुर्घटनामा परी मृत्यु भएको हो ।उनी विगत दुई बर्ष अघि रोजगारिको शिलशिलामा क्याराभन मेनपावर काठमाडौ मार्फत मलेसिया गएकी थिईन्। स्रोतका अनुसार अन्जुको शव पोस्टमार्टमको लागि मलेसिया बातुपाहतको सुल्तान हस्पिटलमा राखिएको छ।

Leave A Reply

Your email address will not be published.