News Portal

क्सी उद्योगबाट लाखौंको पानी चोरी, घटनाबारे सुन्दा मानिसहरु अल्मलिए पछि

टोरन्टो। क्यानडाको न्यू फाउण्डल्याण्डमा चोरहरुले एक रक्सी उद्योगको गोदामबाट पानी चोरे । चोरी भएको ३० हजार लिटर पानीको मूल्य लाखौं थियो । पानीको मूल्य पनि लाखौं भनेको सुन्दा यो घटनाबारे थाहा पाउने मानिसहरु सुरुमा अल्मलिए । तर, पछि वास्तविकता थाहा पाएपछि भने जिल्ल परे । घटनाबारे सोमबार थाहा भएको हो । २ दिनको विदापछि कम्पनीका कर्मचारी सोमबार कम्पनीको गोदाममा पुग्दा पानी भरिएका १० ट्यांकी हराएका थिए । कम्पनीले चोरीको उजुरी दिएपछि पुलिसले अुसन्धान गरिरहेको छ । यो चोरीमा कम्पनीकै कसैको हात भएको आशंका गरिएको छ ।

कम्पनीको सिइओ डेभिड मायर्सका अनुसार चोरी भएको पानी साधारण थिएन, यो आइसबर्गको पानी थियो । शुद्धताका कारण यो पानीको प्रयोग महंगा भोड्का र कस्मेटिक उत्पादनमा गरिन्छ । चोरी भएको ३० हजार लिटर पानीबाट डेढ लाख बोतल भोड्का बनाउन सकिन्थ्यो । चोरी भएको पानीको मूल्य झण्डै १४ लाख रुपैयाँ भएको बताइएको छ । यो खास किसिमको पानीलाई कडा सुरक्षाको बीचमा राखिएको थियो । यति हुँदाहुँदै पनि चोरी भएपछि कम्पनीका सिइओले चोरीमा कम्पनीकै कोही संलग्न भएको आशंका गरेका छन् ।

पुलिसका अनुसार चोरहरुलाई पानीबारे राम्रो जानकारी थियो । किनकि सामान्य मानिसले आइसबर्गको पानी र साधारण पानीमा फरक छुट्याउन सक्दैनन् । मायर्सका अनुसार यो पानीको बिमा त गरिएको छ तर बीमाको पैसा पाए पनि अहिले आइसबर्गको पानी पाउन निकै मुस्किल छ । मायर्सका अनुसार वर्षमा एक पटक मात्र समुद्रमा तैरिरहेका आइसबर्गलाई फुटाएर पानी निकाल्नको लागि ल्याउन सकिन्छ । त्यसमाथि जाडो मौसममा आइसबर्गबाट पानी निकाल्न निकै कठि हुन्छ । आइसबर्गबाट पानी निकाल्न सबैभन्दा पहिले सरकारको अनुमति लिनुपर्छ । त्यसपछि केही जाली, हाइड्रोलिक मेसिन, राइफल र काट्ने मेसिनको सहायताले हिउँको विशाल ढिक्का फुटाइन्छ । आइसबर्ग टुक्रिएपछि यसलाई स्पिड बोटको सहयोगले तान्दै समुद्रबाट किनारसम्म ल्याइन्छ ।

Leave A Reply

Your email address will not be published.