News Portal

नेकपा को सचिवालय र कार्यदलको संयुक्त बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय र कार्यदलको संयुक्त बैठक बिहीबार बस्दैछ। एकताको टुंगो लगाउने विषयमा सचिवालय र कार्यदलको संयुक्त बैठक बस्न लागेको हो। पार्टी एकताको बाँकी काम कसरी टुंगो लगाउने भन्ने  विषयमा बैठकमा छलफल हुने बताइएको छ।  
बैठकको मुख्य एजेन्डा नै पार्टी र जनवर्गीय संगठन एकता टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ। बैठकमा छिटोछरितो पार्टी एकताका बाँकी काम टुंगो लगाउन सहमति खोजिने बताइएको छ। कार्यदलको समय थप्ने नथप्ने विषयमा निर्णय हुने बताइएको छ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठन एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेको छैन । बाँकी यी कार्यमा सहमति खोज्नेगरी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत ३ जेठमा एकीकरण भएको हो। एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रै एकता टुंगो लगाउने बताएपनि नौ महिना बढी समय भइसक्दासमेत एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन्। अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन्। 

Leave A Reply

Your email address will not be published.