News Portal

लागूऔषध कारोबार गर्ने ३ जना महिला पक्राउ

काठमाडौँ । लागूऔषध कारोबार गर्ने ३ जना महिला पक्राउ परेका छन् । धनुषा जिल्लाबाट लागूऔषध गाँजा कारोबारमा संलग्न ३ जना महिला पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा नुवाकोटको बटार–३ की २६ वर्षीया कल्पना परियार, पर्साको औराहा–१ की ४० वर्षीया ४० की जितनी चौधरी र ३५ वर्षीया कुलमती चौधरी रहेका छन् ।

उनीहरु धनुषा जिल्लाबाट प्रतिबन्धित लागू औषध गाँजासहित पक्राउ परेका हुन् ।गस्तीमा खटिएको प्रहरी टोलिले उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित जनकपुरबाट जलेश्वर जाने सडकखण्डको जिरोमाइलबाट पक्राउ गरेको हो ।शंकास्पद अवस्थामा देखिएका महिलाहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ किलो लागूऔषध गाँजा बरामद भएको छ । उनीहरुलाई जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.