News Portal

दीपक आचार्यको निर्देशनमा रहेको”ओढेरघूङ्गघट”बोलको गीतमा सेड्रिना र कृशलको जोडी यस्तो देखियो(भिडियो)

काठमाडौँ । पछिल्लो समय बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेल निकै चर्चामा भइरहेको छ ।‘नाइँ नभन्नु ल–५’बाट चर्चामा आएकी सेड्रिना अहिले अध्ययनको लागि भारतमा छिन्। उनले भारतको मसुरीमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्नेछिन्।


यस्तै अहिले नेपाल आइडलको टप ८ बाट बाहिरिएका प्रतिस्पर्धी कृशल कँडेल गायनमा ब्यस्त भइरहेका छन् । बालकलाकार सेड्रिना शर्मा र कृशल कँडेलको यो जोडी एकसाथ ओढेर घूङ्गघट बोलको गीतमा देखिन लागेका छन् । यस गीतमा स्वर कृशल कँडेलको रहेको छ । त्यस्तै संगीत अर्जुन पोखरेलले भरेका छन् भने नृपेश उप्रेतीको उत्कृष्ट शब्द रहेको छ ।

दीपक आचार्यको निर्देशनमा निर्माण भएको गीतमा ड्रेस डिजाइन, तेन्जु योञ्जनले कोरियोग्रफर गरेका हुन् ।हेर्नुहोस् म्युजिक भिडियो

Leave A Reply

Your email address will not be published.