News Portal

अफगानिस्तानमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा ५ तालिबान लडाकू मारिए

हेरात। अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन्। सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन्।

अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको बिशेष कारबाही ती लडाकू मारिएका हुन्।प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा यस कारबाही परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुई ओटा लागूपर्दाथ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको जनाइएको छ।

यस कारबाहीको क्रममा घाइते भएका चारमा एक तालिबान कमाण्डर आम्रोद्दिन खानसमेत रहेको जारी विज्ञप्तिमा जानकारी दिइएको छ।यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन।रासस/सिन्हवा

Leave A Reply

Your email address will not be published.