News Portal

मरिचको धुलो सेवन गर्नुका यस्ता छन १० आश्चर्यजनक फाइदै फाइदा

गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई सलाद, फल वा पिज्जा, पास्ता र गार्लिक ब्रेडको साथै चटपटे चीज बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ तर यसको यो १० स्वास्थ्य लाभ सायद तपाईलाई अझै थाहा नहुन सक्छ ।

१-रुघाखोकी कालो मरिजको सेवनले रुघाखोकी समस्याबाट आराम दिन्छ । राती सुत्नुअघि एक चम्मच मह र अदुवाको रसको साथमा कालो मरिजको सेवन गर्दा कफ कम हुन्छ । चियामा मिलाएर पिउँदा पनि लाभदायक हुन्छ ।

२-क्यान्सरबाट बचाउँछ यूनिभर्सिटी अफ मिशीगन द्वारा गरिएको एक स्टडीको अनुसार, कालो मरिजमा पिपेरीन नामक रसायन हुन्छ, जसले क्यान्सरसँग लड्न मद्दगार हुन्छ । रिपोर्टको अनुसार, यदि कालो मरिजलाई बेसारको साथमा सेवन गरेमा यसको असर अझ धेरै हुन्छ । विशेषगरी यो महिलाहरूमा ब्रेस्ट क्यान्सरको रोकथामको लागि राम्रो हुन्छ ।

३-मांशपेशीको दुखाई कालो मरिजमा पाईने पिपेरीनको कारण रक्तसंचार बढ्छ । यसबाट मांशपेशीको दुखाईमा आराम मिल्छ । तेललाई हल्का गरम गरी यसमा कालो मरिज मिलाउनुहोस् । यसले ढाड र काँधमा मालिश गर्नुहोस् । गठिया रोगमा पनि कालो मरिज निकै लाभदायक सावित हुन्छ ।

४-पाचन प्रक्रियामा फाइदा कालो मरिजको कारण पेटमा हाइड्रोक्लोरिक एसिड धेरै उत्पन्न हुन्छ, जसले पाचन प्रक्रियाका लागि मद्दतगार हुन्छ । यसबाट पेटमा दुखाई, पेट फुल्ने र कब्जियतको समस्याबाट आराम मिल्छ । यदि तपाईलाई एसिडिटी र ग्यास्ट्रिकको समस्या छ भने रातो खुर्सानीको खानुहुँदैन । कालो मरिजको प्रयोग गर्न शुरू गर्नुहोस् ।

५-अनुहारमा चमक मोटो पिसेको कालो मरिजलाई चीनी र तेलको साथमा मिलाएर यसलाई अनुहारमा मालिश गर्नहोस् । यसले अनुहारलाई सफा राख्नुको साथै रक्तसंचार पनि सन्तुलित हुन्छ र अनुहारमा निखार आउँछ ।

६-वजन सन्तुलित राख्नुहोस् एक सोधको अनुसार, कालो मरिज शरीरको बोसो कम गर्न सहयोगी हुन्छ । यसबाट पाचन प्रक्रिया सन्तुलित हुन्छ र कम समयमा अधिक क्यालोरी खर्च हुन्छ । साथै यो शरीरबाट टोक्सिन्सलाई निकाल्न सहयोगी हुन्छ ।

७-सुन्दर कपालको लागि यदि तपाईको कपालमा चायाको समस्या छ भने दहीमा कालो मरिज मिलाएर टाउको मालिश गर्नुहोस् । आधा घण्टापछि पानीले यसलाई धुनुहोस् । तुरुन्त श्याम्पूको प्रयोग गर्नुहुँदैन । यसबाट चाया कम हुने र कपाल चम्किलो बन्छ । ध्यान राख्नुहोस् कि अधिक कालो मरिज सेवन गर्नुहुँदैन ।

८-दाँत बलियो हुन्छ गिजा सुन्निने र श्वासबाट दुर्गन्धको आउने समस्या छ भने थोरै नून र थोरै कालो मरिजलाई पानीमा मिलाएर यसलाई गिजामा लगाउनुहोस् । पानीको साटो यदि ल्वांगको तेल प्रयोग गर्नुहुन्छ भने असर थप चाँडो देखापर्छ ।

९-डिप्रेशनमा फाइदाजनक कालो मरिजको प्रयोगले शरीरमा सेरोटोनिन हर्मोन बन्छ, जुन राम्रो मुडको लागि जिम्मेवार हुन्छ । सेरोटोनिन को मात्रा बढ्दा डिप्रेशनमा निकै फाइदा मिल्छ । यसकारण आफ्नो दैनिक जीवनको आहारमा कालो मरिजको प्रयोग गर्नुहोस् र खुशी रहनुहोस् ।१०-स्वादिष्ट हरेक चीजको स्वादलाई अझ स्वादिष्ट बनाउन कालो मरिजको सेवनले गर्न सकिन्छ । पश्चिमी देशमा अक्सर बिना स्वादवाला खान खाने गर्दछन् । यस अवस्थामा कालो मरिज मिसाउँदा मसलाको कमी हुँदैन ।

Leave A Reply

Your email address will not be published.