News Portal

काठमाडौँमा प्रतिवर्ग किलोमिटरमा ७९ हजारको बसोबास

काठमाडौँ । काठमाडौँ महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ ।पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका छन् । काठमाडौँ महानगरमा भने प्रतिवर्ग किलोमिटरमा सरदर १९ हजारभन्दा बढी मानिस स्थायी बसोबास गरिरहेका छन् ।

महानगरपालिकाको कूल क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महानगरभित्र ९ लाख ६८ हजार स्थायी बसोबास गर्दै आएका छन् । यसअनुसार महानगरमा प्रतिवर्गकिलोमिटर १९ हजारभन्दा धेरै मानिस स्थायी बसोबास गरिरहेका छन् । तर, कूल जनघनत्व भने अझै बढी छ ।

काठमाडौँ महानगरपालिका अनुसार महानगरमा अस्थायीसमेत गरी ४० लाखभन्दा धेरैको बसोबास छ ।यसलाई आधार मान्दा मान्दा महानगरमा प्रतिवर्ग किलोमिटर सरदर ७९ हजार ९७ जना बसोबास गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.