News Portal

लगानी कर्ता र शिक्षक हरुलाइ कामको आधारमा अझ प्रभावकारी ढंगबाट प्रोत्साहन गर्ने

पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापकः श्री सालिकराम ढकाल

भाेजपुर। अरुण गाउँ पालिका -५ पञ्चकन्या आधारभूत विद्यालयले आफ्नाे ६०औं वार्षिकोत्सव एवं हिरक महाेत्सव बिभिध कार्यक्रम गरी सम्पन्न गरेकाे छ ।

करिब २९ बर्ष अगाडि शिक्षण पेशा अंगाली २०४९ साल बाट हालसम्म यसै बिद्यालयमा प्र.अ.काे जिम्मेबारी सम्हाली रहनु भएका प्रधानाध्यापक श्री सालिकराम ढकाल २६औं बर्षमा नेतृत्व गरीहनु भएकाे छ । उहाँकाे जन्म स्थान अरुण ५ याकु भोजपुर रहि हाल रामधुनी नगरपालिका ३ सुनसरी बसाेबास रहेकाे छ ।

कक्षा १ बाट ८ सम्म  अध्यन/अध्यापन हुने यस विद्यालयमा ११५ छात्रा र १०७ छात्र गरी जम्मा २२२ बिद्यार्थी रहेका छन ।
बिद्यालयमा ६ शिक्षिका ४ शिक्षक १ कार्यालय सहयाेगी सहित १२ संख्या रहेकाे छ ।

प्रधानाध्यापक आफुले गरेका केहि महत्त्वपूर्ण कामहरु यसरी सम्झिनु हुन्छ ।

१ः विद्यालयको स्तरोन्नति (२०५५), २ः भवन निर्माण -७ ,३ः शौचालय निर्माण – ३ ,४ःखाने पानीको टयाङ्की २०००० लि. क्षमताको निर्माण ,५ः खेलमैदान निर्माण ,६ःकम्प्युटर कक्षाको व्यवस्थापन ,७ःबिद्यालयमा अक्षयकोष स्थापनाको सरुवात ( हाल ६ लाख भन्दा माथी जम्मा), ८ः बिद्यालय सहयोग कार्यक्रमा उल्लेखनीय सुधार , ९ः दात्री संघ संस्थाहरु बिद्यालयमा लगानिको लागी उत्सुकता जस्तै : (नवज्वती बालबालिका संरक्षण संस्था ,सूचना प्रविधि विभाग , सामुदायिक वन, गाउपालिका , वडापालिका , शिक्षा विकास समन्वय इकाइ ),१०ःबिद्यालयमा लगानी कर्ता तथा बि.ब्य.स.का अध्यक्ष प्र.अ.हरुको लगानी रकम र फोटो सहित दस्तावेजको रुपमा बिद्यालयमा प्रकाशित गर्ने व्यवस्थाको सुरुवात , ११ः सोलर बत्तीको व्यवस्था, १२ःशिक्षक र अभिभावकहरुमा कार्यदक्षताकाे आधारमा सम्मान गर्ने व्यवस्था ।

उहाका केही भावी योजनाहरु पनि छन जस्तैः

१. बिद्यार्थिको उपस्थितिमा वृद्धि गराइ सिकाइ स्तरलाइ माथिल्लो अंकमा पुर्याइने ,२.शिक्षकको उपस्तिथिलाइ मर्यादित र व्यबस्थित बनाउन नेट जडान गरि फिङगर पृन्टको व्यवस्था सुरु गरिने,
३.कक्षाकोठामा शिक्षकहरुको पठनपाठनको अवस्थालाइ प्रभावकारी र सक्रिय बनाउनको लागी सबै कक्षाकोठामा सि.सि. क्यामारा जडान गरिने,
४. बिद्यालयलाइ बाहय बाताबरणबाट मुक्त राख्नको लागी विद्यालय हातालाइ पुरै घेरावारा गरि आइरन गेटको प्रयोग गरिने,
५. शिक्षक र लगानी कर्ताहरुलाइ कामको आधारमा अझ प्रभावकारी ढंगबाट प्रोत्साहित गरिदै जाने,
६. विद्यालयका सबै गतिविधिहरुलाइ पुर्णरुपमा पारदर्शी गरिने,

यस बिद्यालयमा आफ्नो कार्यकालमा उत्पादित केही बिद्यार्थीहरुकाे नाम पनि यसरी सम्झिनु हुन्छ ।
१,कलाकारितामा जिबन थापा, दिपक थापा र अनिश ढकाल
२,राजनितिकमा कुमार थापा र श्याम तामाङ
३,सरकारी नोकरीमा मकर तामाङ र प्रकाश श्रेष्ठ
४, वैदेशिक रोजगारमा रिजन राइ (जापान ) र किरण राइ (हङकङग)

साेही विद्यालयका बिभिन्न गति बिधि तथा कार्ययाेजना ,भाैतिक सुधार शैक्षिक स्तराेन्नति लगायतका विषयमा प्रधानाध्यापक श्री सालिकराम ढकाल सँग गरिएको कुराकानीकाे भिडियाेः

Leave A Reply

Your email address will not be published.