News Portal

ग्याँस बिक्रेता महासंघ नेपालको ऐक्यबद्धता पाएपछि एलपी ग्याँस उद्योगीहरुले आफ्ना मागहरु पुरा नभए ग्याँस बिक्री वितरण ठप्प पार्ने चेतावनी

काठमाडौं । ग्याँस बिक्रेता महासंघ नेपालको ऐक्यबद्धता पाएपछि एलपी ग्याँस उद्योगीहरुले आफ्ना मागहरु पुरा नभए ग्याँस बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएका छन्।शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र माग पुरा नभए ग्यास बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएका हुन्।

यस अघि गत बिहीबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना १० वटा मागहहरु पुरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए।त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगरस्थित मिडिया इन्टरनेसनलमामा पत्रकार सम्मेलन गरेर बिक्री वितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन्।

‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशैभरी बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद् काफ्लेले भने, ‘हाम्रा मागहरु पुरा नभए फागुन ३० गते ग्याँस बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउछौं।’

संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ। उद्योगीहरुको माग पुरा गर्नु पर्ने, बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गर्नु पर्ने, बिक्रेता वितरकको कमिशन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने रहेका छन्।यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्ने (व्यक्तिहरु) को बीमा गरिनु पर्ने र ग्याँस बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ।संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्री वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए।

Leave A Reply

Your email address will not be published.