News Portal

काठमाडौंपछि पोखरामा एनसेलको टावरमा ध्वस्त, इन्टरनेट र विद्युत अवरुद्ध

पोखरा । ७२ अर्ब भन्दा बढि कर छलेको आरोप लागेको एनसेलमाथि देशव्यापी रुपमा आक्रमण भएको छ। बाग्लुङ स्थित विभिन्न टावरमा बम आगजनीपछि ललितपुर नख्खु स्थित मुख्यालयमै रहेको बम विस्फोट गराइएको थियो।

ललितपुर पछि शुक्रबार राति १० बजे पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकमा रहेको एनसेलको टावरमा आगजनी गरिएको विवरण प्राप्त भएको छ।

प्रहरीका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको हो। आगो कसरी लाग्‍यो भन्‍ने खुल्‍न सकेको छैन्। एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ।

Leave A Reply

Your email address will not be published.