News Portal

नख्खु बम विष्फोटमा घाइते नर्स सहित २ जनाको अवस्था गम्भीर

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा गराइएको विस्फोटमा परि घाइते भएकाहरुको मेडिसिटि अस्पतालमा उपचार भैरहेको छ। एनसेलको गेटमा विष्फोट हुँदा वरपर रहेका केहि घरमा समेत क्षति पुगेको छ। बाटो हिडिरहेका ३ जना घाइते भएका हुन।

घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल रहेका छन् । घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको प्रहरीले जनाएको छ।

घाइते काभ्रेकी २५ वर्षीया उरुषालाई मेडिसिटी अस्पताल, बाग्डोलकी २६ वर्षीया प्रतिक्षालाई अल्का अस्पताल र लमजुङका ४९ वर्षीय सिंहप्रसादलाई बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको हो।

त्यसमध्ये प्रतिक्षा र सिंहप्रसादलाई मेडिसिटीमै रिफर गरिएको छ। घाइते उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन्। घाइतेमध्ये सिंहप्रसाद र प्रतिक्षाको स्थिति गम्भीर छ। सिंहप्रसादको कम्मरमुनिको भाग गम्भीर छ।

Leave A Reply

Your email address will not be published.