News Portal

“पाथीभरामाइले सबैको रक्षा गरुन ! २०७५ साल फाल्गुन११ गतेको राशिफल हेर्नुहोस्

काठमाडौं। सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ११ गते शनिबार नेपाल सम्बत ११३९ सिल्लागा,सन् २०१९ फेब्रुवरी २३ तारिक कृष्णपक्ष चौथी तिथि अपरान्ह १ वजेर २४ मिनेटसम्म, चित्रा नक्षत्र १२ गते विहान ४ वजेर ११

मिनेटसम्म,गण्डयोग,बालवकरण,आनन्दादियोग काण,सूर्य कुम्भ राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ३५ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।मुहूर्त,वारवेला र राशीॐःराहुकालः–अशुभ विहान ९÷२७ बजेबाट १०÷५२ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १÷४३ वजेबाट ३÷८ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान ६÷३६ वजेबाट ८÷२ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८÷७ वजेबाट ८÷५२ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५५ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ८÷२ वजेसम्म काल वेला,८÷२ वजेबाट ९÷२७ वजेसम्म शुभ वेला,९÷२७ वजेबाट १०÷५२ वजेसम्म रोग वेला,१०÷५२ वजेबाट १२÷१८ वजेसम्म उद्वेग वेला,१२÷१८ वजेबाट १÷४३ वजेसम्म चर वेला,१÷४३ वजेबाट ३÷८ वजेसम्म लाभ वेला,३÷८ वजेबाट ४÷३४ वजेसम्म अमृत वेला र ४÷३४ वजेबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।ॐःसूर्यास्तबाट ७÷३४ वजेसम्म लाभ वेला,७÷३४ वजेबाट ९÷९ वजेसम्म उद्वेग वेला,९÷९ वजेबाट १०÷४४ वजेसम्म शुभ वेला,१०÷४४ वजेबाट १२÷१८ वजेसम्म अमृत वेला,१२÷१८ वजेबाट १÷५३ वजेसम्म चर वेला,१÷५३ वजेबाट ३÷२८ वजेसम्म रोग वेला,३÷२८ वजेबाट ५÷२ वजेसम्म काल र ५÷२ वजेबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– कार्य सम्पादनमा कठिनाई उत्पन्न हुनेछ तर मेहनतपूर्वक गरेका काम भने सफल हुनेछन् । आर्थिक उन्नति हुने देखिन्छ । व्यापारमा सुधार आउनेछ । विवादित विषयको टुङ्गो लाग्नेछ । नयाँ सोचको विकाश हुनेछ ।

बृष

वृषः– समयमा विचार विमर्श गरेर काम गर्नु होला अवस्य सफलता मिल्नेछ । अरुको भरमा मात्रै काम गर्नु भयो भने पछि परिनेछ । स्पष्ट मिल्दा आफैलाई घाटा हुनेछ । पढाई र व्यापारमा सुधार आउनेछ ।

मिथुन

मिथुनः– सहयोग गर्ने भन्दा सहयोग माग्ने धेरै हुनेछन् । कार्य शिथिलता बढ्ने देखिन्छ । आशा र भरोसामा तुषारापात हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । मनमा शान्ति मिल्ने छैन । व्यापार घट्नेछ ।

कर्कट

कर्कटः– समयको सदुपयोग गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नो काम गर्न आफै सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । ढिला सुस्ति गर्दा आफैलाई घाटा हुनेछ ।

सिंह

सिंहः– सचेत भएर काम गर्नु होला,विना उपलब्धिका काममा धन र श्रम लगानी हुनसक्छ । दैनिक कामले निरन्तरता पाउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । ऋण लगानी गर्दा विचार पु¥याउनु होला ।

कन्या

कन्याः– काम गर्ने उत्साहामा वृद्धि हुनेछ । अधुरा काम सम्पादन हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग आज पनि देखिन्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ला ।

तुला

तुलाः– काममा अवरोध आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । व्यापारमा गरेको लगानी डुब्न सक्छ विचार पु¥याउनु होला । पढाईमा थोरै प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिकः– घरमा मांगलिक काम हुनसक्छ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा अवसरको झिनो सम्भावना देखिन्छ । काममा ढिला नगर्नु होला ।

धनु

धनुः–राज्य सँग सरोकार रहेका विषयले प्राथमिकता नपाए पनि आफ्ना कामले गति लिनेछ । लगानी गर्दा भने विचार पु¥याउनु होला । भयातुरमा काम नगर्नु होला । व्यापारमा सुधारका संकेत देखिने छन् ।

मकर

मकरः– स्वव्यवसायमा झिनो अवसरको सम्भावना देखिनेछ । आत्मविश्वासका साथ काममा लाग्नु होला । अरुको भर विश्वासमा काम नगर्नुहोला । सामाजिक कामको लागि बाहिर जानु पर्ने हुनसक्छ ।

कुम्भ

कुम्भः– समयले कम साथ दिने हुदा जोखिम पूर्ण काममा हात नहाल्नु होला । काम गर्दा समस्या सृजना हुने देखिन्छ । परभावको सम्भावना देखिन्छ । सम्पतिको नास हुनेछ । व्यापारमा घाटा हुनेछ । विश्वास टुट्नेछ ।

मीन

मिनः– समयलाई वुझेर अगाडि बढ्नु होला,समयमा गरेका काम सफल हुनेछन् । काम सरल विधिबाट सम्पादन हुनेछन् । लगानी अनुसारको प्रतिफल मिल्नेछ । व्यापारमा अवसर आउनेछ । साँझपख स्वास्थ्यमा समस्या आउन सक्छ ।

Leave A Reply

Your email address will not be published.