News Portal

नख्खु बम विस्फोटः घाइते एक जनाको उपचारको क्रममा मृत्यु

फागुन ११ काठमाडौं। ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले शुक्रबार साँझ भएकाे साे बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.