News Portal

प्रधानमन्त्रीओलीको आज ६८ औं जन्मदिन, कार्यशैलीप्रति असन्तुष्टी जनाउदै सुझावसहितको शुभकामना

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आजदेखि ६८ औं बर्षमा लाग्नु भएको छ ।

ओलीको जन्म तेह्रथुमको साविकको ईवा गा वि स मा २००८ साल फगुन ११ गते भएको हो । पिता मोहनप्रसाद ओली र स्व. माता मधु ओलीको सन्तानको रुपमा उहाँको जन्म भएको हो । उहाँलाई जन्मदिनको शुभकामना दिन विहानै देखि प्रधानमन्त्री निवासमा सुवेच्छुक, आफन्त र पार्टीका नेता कार्यकर्ताहरुको भिड लागेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

उहाँलाई सामाजिक संजाजबाट पनि धेरैले सुझावसहितको शुभकामना दिएका छन् । पार्टीकै नेता र अन्य सुवेच्छुकहरुले पनि जिम्मेबारी र अवसर अनुसारको काम हुन नसकेको आशयसहित प्रभावकारी र ठोस कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरेका छन् । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत शुभकामना दिदै ओलीबाट थप उदारता र सामुहिकता अपेक्षा गरेका छन् ।

‘अंगालो र छातीमा अझ धेरै समेटिउन्, टाढा, टाढासम्म दृष्‍टि पुगोस, नजिककालाई सोधियोस्, टाढाकालाई खोजियोस्’, भट्टराईले लेखेका छन्, ‘नयाँ पुस्ताले सधैं खोजिरहुन, आत्माबल र ईच्चाशक्तिको प्रशंसा गर्दछु, थप उदारता र सामुहिकताको अपेक्षा गर्दछु ।’ धेरैले ओलीको प्रसंशा गरेर शुभकामना दिइरहेका छन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जन्मदिनको अवसरमा शुभकामना दिदै ओलीले देखेको सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

अघिल्लो वर्ष मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष ओली वाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । उनि वाम गठबन्धनकै तर्फबाट दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री पनि बने । अहिले दुवै वाम दलको एकता भएपछि ओली झन् शक्तिशाली भएका छन् ।

२००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालिन इवा गाविस २ तीनसल्लेमा जन्मेका ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ९तत्कालीन प्रणामी प्रावि० बाट पढाइ सुरु गरेका थिए । उनकाको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे । उनी १४ वर्षसम्म निरन्तर जेलमा रहे ।

ओलीलाई प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा चिनिन्छ । २०७२ सालमा प्रधानमन्त्री हुँदा भारतले गरेको नाकावन्दीको कडा सामाना गरेका ओली राष्ट्रवादी नेताका रुपमा पनि परिरिचत छन् । ओली अघिल्लो वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।

नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । अहिले देशको ४१ औँ प्रधानमन्त्री बनेका ओली आठौँ वामपन्थी प्रधानमन्त्री पनि हुन् । शुभकामना दिने सुवेच्छुकहरुले सरकारमा प्रष्ट लक्ष, प्रष्ट कार्ययोजना र प्रष्ट जवाफदेहीयुक्त कार्यसम्पादन शैलीको खाँचो देखिएकाले आजको दिनदेखि प्रधानमन्त्रीले यी विषयमा सुधार गर्ने अपेक्षा गरेका छन् । सामाजिक सञ्जालमा शुभकामना दिएका मध्ये अधिकांशले प्रधानमन्त्रीको कार्यशैली र भूमिका प्रति असन्तुष्टी जनाउदै सुधार्न सुझाव दिएका छन् ।ताजा खबर बाट

Leave A Reply

Your email address will not be published.