News Portal

काठमाण्डौमा राँगो आतंक:राँगोले हानेर एक व्यक्तिको मृत्यु, ज्यानमारा राँगोलाई गोली हानेर मारियो

काठमाडौं । काठमाडौँको चन्द्रागिरीमा राँगोको आक्रमणमा परी एक वृद्धको ज्यान गएको छ। आज शनिबार बिहान मर्निङवाकमा निस्किएका ७० वर्षीय मानबीर महर्जनको राँगोले हानेर ज्यान गएको हो। राँगोको आक्रमणबाट घाईते भएका महर्जनको उपचारका लागि कीर्तिपुर अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

मान्छे माने राँगोलाई स्थानीयवासी र प्रहरीले लखेटी लखेटी समात्न प्रयास गरेपनि समात्न नसकेपछि दहचोकमा गोली हानेर मारेको छ। थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.