News Portal

हलमा रुमालै छ चिनोले पायो दर्शकको उत्साह जनक साथ

काठमाडौ । फागुन १० गते शुक्रबार देखि एकै पटक तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएको भएता पनि एउटा चलचित्रले मात्र दर्शक पाएको छ । हरेक क्षेत्र बाट अत्याधिक प्रतिक्षाको चलचित्र मानिदै आएको चर्चित गायक रेशम थापा प्रस्तुतकर्ता रहेको चलचित्र “रुमालै छ चिनो” ले हलमा अत्याधिक दर्शक पाएको हो ।
ज्योती फिल्मस प्रा.लि. को ब्यानरमा चन्द्र बहादुर खड्काले निर्माण गरेको यस चलचित्रमा नेपालि रास्ट्रीयताको साथमा बीरताको कथा समेटिएको छ । निर्माण समुहले बिशुद्द नेपाली माटोको अर्ग्यानिक कथा भएकोले चलचित्र चल्छ भन्ने र बिरोध गर्नेहरुले पुरानो फर्मुलाको चलचित्र भएकोले चल्दैन भन्दै गर्दा दुवै पक्षको निर्णायक बनेर दर्शकले प्रमाणित समेत गरेका छन । शुक्रबार दिनभरी र शनिबारको पहिलो तथा दोश्रो शोहरुमा दर्शकहरुको खचाखच भिड देखेर निर्माण समूह अत्यन्त उत्साहित देखिएको छ ।
अर्जुन पोखरेल र बिरही कार्किले सङ्गीत गरेको चलचित्र रुमालै छ चिनो मा किशोर खतिवडा, सन्चिता लुइटेल, सुशान्त कार्की, अफ्सना थापा, मिथिला शर्मा, रश्मि भट्ट, सुरवीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन भने सम्राट बस्नेतको द्वन्द, सागर लामाको नृत्य, बिनोद सापकोटाको छायांकन र दिनेश सिंह ठकुरीको लेखन र निर्देशन रहेको छ ।
यश चलचित्रका निर्माता खड्काले रुमालै छ चिनो को प्रदर्शन पश्चात् कम्तीमा चार चलचित्र तत्काल निर्माण गर्ने घोषणा गरि सकेका छन ।

Leave A Reply

Your email address will not be published.