News Portal

पक्राउ परे एनसेलको कार्यालयमा बम विष्फोटन गर्ने ६ जना अभियुक्त

ललितपुर । बिभिन्न घटनामा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले विशेष कदम चाल्दै आएको छ। त्यसै अनुरुप शनिवार पनि सरकारलाई कर नतिरेको भन्दै विवादमा आएको एनसेल कम्पनीमा बम विष्फोटन गर्ने ६ जनाको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिएका व्यक्तिको भने नाम ठेगाना खुलाएको छैन। शुक्रबार राती ललितपुर महानगरपालिका ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा शुक्रबार राति करिब ८ बजे बम विष्फोटन गरिएको थियो।

घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ।

विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ। उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको टोली तत्काल घटनास्थलमा खटि गई घाइतेहरुलाई अस्पताल पठाउनुका साथै थप उद्दार कार्य तथा अभियुक्तहरुको खोजी गरेको थियो।

Leave A Reply

Your email address will not be published.