News Portal

हातखुट्टा कुहिएर नचल्ने भएका छोरा मोहन भन्छन् : “मलाई छोरो भएर बाच्नुको कुनै अधिकार छैन

अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत एघार महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेका थिए । हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परीवारका कान्छो छोरा समेत रहेका उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् ।

पटक पटक उपचार गराउदा पनि निको हुन सकेको छैन । उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् । उनलाई आफ्नो मात्र पिडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भयो ।

पत्रकारसंग रुदै उनी भन्छन  “मलाई छोरो भएर बाच्नुको कुनै अधिकार छैन बाउको काजक्रिया समेत गर्न सकिन्न । नसाथमा पैसा छ, नमर्न सके नबाच्न नैसके ।” परीवारमा पिडामा फेरी अर्को पिडा थपिएको छ । उनका हात खुट्टा नचल्ने हुन आर्थिक अभावमा उनले आफ्नै बुवाको काजक्रिया गर्न समेत सकिरहेका छैनन् । कसैको सयोग गर्नु हाम्रो मानविय धर्म हो।त्येसैले एक जुट भएर सयोग गर्न समेत आग्रह गरेका छन । अधिक जानकारी लिनु परेमा या सयोग गर्नको लागि बसन्त श्रेष्ठ (भाइ ) – ९८५७०६३७६२

Leave A Reply

Your email address will not be published.