News Portal

बस र मोटरसाइकल एकआपसमा ठोकिँदा २,जनाको मृत्यु

काठमाडौँ । पोखराबाट नारायणगढ तर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट पोखरातर्फ जाँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको ज्यान गएको छ।

मोटरसाईकलमा सवार गोरखा नगरपालिका १४ का १६ वर्षीय सुरज परियार र मोटरसाईकल चालक २० वर्षीय माधव दरैको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सुरजको दमौली अस्पतालमा र माधव दरैको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।उक्त दुर्घटनामा ठक्करदिने बस, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.