News Portal

राउटेले सुरु गरे जागिर, रहर हैन बाध्यता

सुर्खेत । राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको हो । ‘वनमा काठ काट्न पाइँदैन, जहान छोराछोरी पाल्न जागिर त खानै प-यो,’ नियुक्ति पत्र बुझेपछि महिनबहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो ।’ अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

Leave A Reply

Your email address will not be published.