News Portal

पोखराममा फेरी प्याराग्लाइडिङ दुर्घटना, एक गम्भीर घाईते

पोखरा । पोखराममा फेरी प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन्। प्याराग्लाइडिङ दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ।

सोलो पाइलट मैनालीले पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गम्भीर घाइते भएका मैनालीलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौँको ग्राण्डी अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.