News Portal

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ८६  वर्षको उमेरमा निधन

मोरङ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ८६  वर्षको उमेरमा निधन भएको छ।मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई गत शनिबार उपचारका लागि विराटनगरको श्री अस्पतालमा भर्ना गरिएको थियो । 

पोखरेलको हिजो शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।भाषाविद् पोखरेल एक महिनादेखि मस्तिष्कघात र उच्च रक्तचाप थलिएका थिए। पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन्। 

Leave A Reply

Your email address will not be published.