News Portal

अनेक रोगहरूबाट मुक्ति पाउन यसरी जाइफल खानुहोस् (भिडियो सहित)

जाइफल एक मसला हो। जाइफलको गेडा र तेल दुवैको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। पीडानाशक, ह्रदयोत्तेजक, ज्वरनाशक, वातनाशक, कफ निवारक, अतिसारनाशक, पाचक आदि लाभहरू जाइफलबाट पाउन सकिन्छ। महिनावारी गडबडी, खानाको अरुची, अनिद्रा आदि समस्यामा पनि जाइफलको प्रयोगले फाइदा गर्दछ। 

मुटु कमजोर भएका ब्यक्तिलाई महमा मिसाई नित्य केही मात्रामा सेवन गर्दा फाइदा हुन्छ। जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ। जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ। त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ।

जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने। उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सन्चो हुन्छ। एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ। तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।

डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरू उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा फाइदा हुन्छ। भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ। महिलाहरूले महिनावारीमा बढी दुख्ने समस्या आयो भने विविध उपचारका साथमा थारै जाइफलको सेवन गर्दा लाभ पाउन सकिन्छ। भिडियो :

Leave A Reply

Your email address will not be published.