News Portal

अजय देवगनको फिल्म ‘टोटल धमाल’ ले गर्यो धमकेदार व्यापार

काठमाडौँ । पछिल्लो समय बलिउडमा कमेडी फिल्मको लहरै चलेको छ । त्यस्तै कमेडी नै कमेडीले भरिएको फिल्म टोटल धमाल यहि फ्रेब्रअरी २२ मा रिलिज भएको छ । निकै हसाउँने यस फिल्मले धमकेदार व्यापार गरेको छ।यस फिल्मले हालसम्म भारु साढे १६ करोड रुपैयाँको कारोबार गरेको छ। इन्द्र कुमारको निर्देशनमा बनेको यस फिल्म टोटल धमालले दोस्रो दिनमा नै २३ करोड कमाइसकेको थियो ।टोटल धमाल प्रदर्शन भएको तेस्रो दिसम्म आइपुग्दा फिल्मको कमाई २६ देखि २७ करोड भारु कमाइसकेको छ ।

अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको यस फिल्ममा अनिल कपूर, माधुरी दिक्षित, अरशद वारसी, रितेश देशमुखको प्रमुख भुमिकामा देखिएका छन्। निकै हसाउँने यस फिल्ममा अनिल कपुर र उनी श्रीमान श्रीमतीको भुमिकामा रहेका छन् । यस पटक फिल्ममा बाँदरको पनि अभिनय रहेको छ ।यसअघि सन् २०११ मा तेस्रो सिक्वेल डबल धमाल पनि रिलिज भएको थियो ।

Leave A Reply

Your email address will not be published.