News Portal

पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ घाइते

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन्।स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा सो बम विस्फोट भएको छ।

उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्लामा रहेको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको सो बम दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।बम विस्फोट भएको इलाकामा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। यस बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

Leave A Reply

Your email address will not be published.