News Portal

साढे चार महिनापछि इराकबाट नेपाल आयो टासी डोल्माको शव  

काठमाडौ  । साढे चार महिनाअघि इराकको बग्दादमा मृत्यु भएकी टासी डोल्मा शेर्पाको शव  नेपाल आएको छ । बैदेशिक रोजगारीको लागि  गैरकानुनी बाटो  हुँदै ३ वर्षअघि इराकको बग्दाद पुगेकी सिन्धुपाल्चोककी टासी शेर्पाको मुटुमा समस्या भएपछि गत असोज १२ गते निधन भएको थियो।

उनको मृत्यु भएको जानकारी पश्चात रेसक्यु नेपालको विशेष पहलमा मृतकको आफन्तसंग जानकारी गराई शब नेपाल ल्याउनका लागि चाहिने डकुमेन्ट तयार गरेर कुवेतस्थित नेपाली  राजदूतावासमा पठाईएको थियो।

शव नेपाल पठाउनको लागि इराक कुर्दिस्तान सुलेमानिमा रहेका रेसक्यु नेपाल इराकका प्रतिनिधि देकि तामाङ र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका पदाधिकारीहरुले विशेष पहल गरेका थिए । उनीहरुले मलिकसंग गरेको   छलफलमा शव नेपाल पठाउन सम्पुर्ण खर्च ब्यहोर्ने सहमति भएको थियो । तर कानुनी प्रक्रिया र मेडिकल रिपोर्टको लागि धेरै समय लागेको हुँदा शव नेपाल पठाउन ढिला भएको कुर्दिस्तान प्रवासी नेपाली समाजका महासचिव बिनोद श्रेष्ठले डिसी नेपाललाई बताए।

श्रेष्ठका अनुसार कुवेत राजूतावासमा आइपुगेको डकुमेन्ट पनि इराकमा रहेको कुवेत  राजदूतावासमा दिएर आएको डकुमेन्टलाई मात्र मान्यता दिने भएकोले अर्को समस्या थपिएको थियो।  नेपाल राजदुतावास कुवेतले सहयोग गरि डकुमेन्ट कुवेतमा रहेको  इराक राजदूतावासमा पठाई बग्दाद आईपुग्दा अझ बढी समय लागेको र सम्पुर्ण रिपोर्ट तयार भएर कानुनी रुपमा नेपाल पठाउन तयार भएको अवस्थामा पनि एयरलाइन्सले लिएर जाने व्यक्ती नहुँदा शव लैजान नमानेको कारणले शव नेपाल पठाउने प्रक्रिया ढिला भएको हो।

रेसक्यु नेपाल र कुर्दिस्तान प्रवासी नेपाली समाजको सहकार्य र नेपाल राजूुताबास कुवेतको सहयोगमा फाल्गुन ११ गते शनिबार नेपालमा रेस्क्यु नेपालको मातहतमा मृतकको आफन्तलाई शब जिम्मा लगाईएको हो ।

Leave A Reply

Your email address will not be published.