News Portal

नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने घोषणा गरेका छन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई ‘कलाप्रेमी’का रुपमा प्रस्तुत गरे। रंगकर्मीहरुलाई आफूले खोजेको बताउँदै उनले भने, ‘म कलाप्रेमी हुँ। प्रधानमन्त्री कलाकारसँगै छ।’

प्रधानमन्त्री ओलीले नाट्य विधाको उत्थानलाई योजनावद्ध ढंगले अघि बढाउन नाटकका लेखक तथा नाट्यकर्मीहरुलाई अझै उत्साहका साथ अघि बढन पनि आग्रह गरे।

सोमबार काठमाडौंमा ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५’को उद्घाटन गर्दै उनले नाट्य क्षेत्रको उत्थानका लागि सरकारले आवश्यक सबै खालको प्रबन्ध गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। आगामी आर्थिक वर्ष नाट्य विधाका लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाई छ।प्रधानमन्त्री ओलीले नेपालमा नाटकको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यसको उत्थानमा भने जनस्तरबाटै प्रयास हुनुपर्ने जरुरी रहेको पनि बताए।

उनले नाटकलाई अभिव्यक्ति र अभिनयको सशक्त माध्यामको रुपमा चित्रण गर्दै त्यसले नेपालको कला, भाषा र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि स्मरण गराए।कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलगायत नेपालको नाट्य विधामा योगदान पु¥याएकाहरुलाई पनि सम्मान गरेका थिए।

Leave A Reply

Your email address will not be published.