News Portal

भन्सार छली ल्याएको १ लाख २५ हजार बराबरको अबैध गुटखासहित १,जना पक्राउ

पर्सा । भन्सार छली ल्याएको १ लाख २५ हजार बराबरको अबैध गुटखासहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले भन्सार छलेर ल्याएको गुटखासहित कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने निरेजन केशरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका केशरीको साथबाट १ लाख २५ हजार ६ सय ५० बराबरको रजनी गन्धा, राजनिवाश र शिखर गुटखा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं.११ बाट केशरीलाई भारतबाट भन्सार छली बीआर ०५ एम ६०३८ नम्बरको मोटर साइकलमा लोड गरी ल्याएको उक्त परिमाणको अबैध गुटखासहित पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.