News Portal

फिल्म ‘साइनो’ को पहिलो लोकलयको गीत सार्वजनिक

काठमाडौँ । सुपरहिट फिल्म ‘साइनो’ को नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइनो’ को पहिलो लोकलयको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले साइनोको ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत सार्वजनिक गर्‍यो ।गीतमा फिल्मका मुख्य कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्की गीतका सर्जक हुन् भने गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् ।

आउँदो १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म साइनो नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेकी हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने यस फिल्ममा निर्देशक रमेश थापा हुन् भने कार्यकारी निर्मातामा शरण थापा छन् ।

अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् ।फिल्ममा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।हेर्नुस् भिडियो:

Leave A Reply

Your email address will not be published.