News Portal

तीन कृतिका साथ सुन्दर पन्तको आगमन

काठमाडौ । पछिल्लो समयमा एउटा गीत रेकर्ड गरेर त्यसैको भिडियो बनाइ तामझामका साथ सार्वजनिक गर्ने चलन मौलाउदै गएको छ । यस्तो चलनलाइ चुनौती दिदै सर्जक सुन्दर पन्तले तीन वटा कृति एकै पटक सार्वजनिक गरेका छन । सुक्रबार प्रज्ञा प्रतिस्ठानमा आयोजित एक कार्यक्रममा पन्तले ५-५ वटा गीत समाबेस एल्बम सार्थक र नाता तथा ३९ वटा कविता समावेस अनामिका नामक कविता सङ्ग्रह एकै पटक सार्वजनिक गरेका हुन ।

तीन वटै कृतिको प्रकाशन बैकुण्ठ मन प्रतिस्ठानले गरेको छ भने औपचारिक कार्यक्रमको आयोजना पनि प्रतिस्ठानले नै गरेको थियो । मेहफिल, चोखो माया यहि रैछ, मुटु भित्रै बस तिमि, हाम्रो बाजेका पालामा र माया मायालु गरि ५ वटा गीत एल्बम सार्थकमा समावेश गरिएको छ । बिपिन आचार्य, महेश खड्का, कल्याण सिंह र ताराबीर पाण्डेको सङ्गीत रहेका गीतहरुमा राजेश पायल राई, राज सिग्देल, धर्मेन्द्र सेवान र हिमाल सागरले गाएका छन भने एउटा गीतमा शशी रावलको सङ्गीत र स्वर रहेको छ ।

सिम सिम पानी, मैले यमराज सङ्ग, मेरो देशको माटोमा, तिमिलाइ जति हेरे पनि र सम्झना अझै बाकी छ है गरि ५ वटा नै गीत एल्बम नाता मा पनि समावेस गरिएको छ । कल्याण सिंह, बिपिन आचार्य, प्रमोद पन्तले सङ्गीत दिएका गीतमा मेलिना राइ, रामकृष्ण ढकाल, कमल किरण तथा प्रमोद खरेलले स्वर दिएका छन । त्यसै गरि यश एल्बमको एउटा गीतमा सन्तोष रजौरेको सङ्गीत र स्वर रहेको छ ।

सुन्दर पन्तको अर्को कृति अनामिका नामक कविता सङ्ग्रहमा माया प्रेम, प्रकृति, शिक्षा, भ्रष्टाचार लगायत सबै विषयहरु समावेश गरि हरेक प्रकारका फूल फुल्ने बगैचाको रुपमा ल्याइएको छ । यस सङ्ग्राहमा समावेश कवित पढ्न थाले पछि एउटा पेज पनि छुटाउन मन लाग्दैन भने कति बेला ३९ वटा कविता पढेर सकियो भन्ने थाहा नपाउदै अनामिका भित्रका ७२ पाना सकिन्छन ।

यस्ता सामाग्रीहरु समावेश तीन कृति सार्वजनिक गर्न आयोजित शुक्रबारको कार्यक्रमको प्रमुख आतिथ्यता बरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले गरेका थिए । त्यसै गरि बरिश्ठ साहित्यकार एस. पि. आशा, बिध्व देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष चुडामणिा देवकोटा, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरि लगायतले गीतकार पन्त एक कुशल शिक्षक मात्र नभै हरेक प्रतिभाको बोकेको ब्यक्तित्व भएको भन्दै प्रशम्सा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.